जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ नयाँ नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ५० प्रतिशत मात्रै मत खसेको छ ।
विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।
मतदानको समय अपरान्ह ३ बजेसम्मका लागि तोकिए पनि ५० प्रतिशत मतदाता बाँकी भएकाले समय लम्ब्याइएको संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी