एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुनुहुदैन : प्रेम सुवाल

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १४ : ४५
एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुनुहुदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘विभिन्न अध्यादेश अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव राख्ने क्रममा सुवालले एमसीसी अमेरिकी सहयोग नभई विष जस्तो भएको भन्दै कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताएका हुन् ।

उनले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने जिकिर गरे । त्यस्तै उनले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मा त्यसको समर्थन गरेको भन्दै फिर्ता बोलाउन माग पनि गरे ।

सुवालले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस