थारुतर्फ रामजनम चौधरीको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, २० : १९
थारुतर्फ रामजनम चौधरीको अग्रता

काठमाडौँ । नेपाली काँग्रेस थारुतर्फको केन्द्रीय सदस्यमा रामजनम चौधरीले अग्रता लिएका छन् । पार्टी कार्यालय सानेपामा १२ सय मत गन्दा रामजनमले ६४७ ल्याएका हुन् । यस्तै योगेन्द्र चौधरी ५६८ ल्याएर दोस्रो स्थानमा छन् ।

रामजनम र योगेन्द्र दुबै विजय गच्छदार निकटका हुन् । बद्री नारायण चौधरी ३९५ र साजन कुमार महतो ३६९ मत ल्याएका छन् । थारु तर्फको खुला केन्द्रीय सदस्यमा २ पदका लागि ८ जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस