३८५० मत गन्दा खुला महिला केन्द्रीय सदस्यमा कसले कति ल्याए ?

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, २० : ०१
३८५० मत गन्दा खुला महिला केन्द्रीय सदस्यमा कसले कति ल्याए ?

काठमाडौँ । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा डिला संग्रौलाले अग्रता बनाइरहेकी छन् । 

३८५० मत गणना हुँदा उनले २४१४ मत पाएकी छन् । दोस्रो नम्बरमा  पुष्पा भुसालले २२९२, सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।

खुला महिला केन्द्रीय सदस्यमा ३० जना उम्मेदवार रहेका छन् । जसमध्ये ९ जना विजयी हुने छन् ।

प्रतिक्रिया दिनुहोस