एजेन्सी । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् ।
सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो ।
विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । सेनाले चरम यातना दिएर सर्वसाधरणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन् । ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने ।
गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ पुस २०७८, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश