सर्वदलीय बैठक अघि सत्तारुद्ध गठबन्धन दलको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, १२ : ४७
सर्वदलीय बैठक अघि सत्तारुद्ध गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वलदीय बैठक अगाडि सत्तारूढ दलको बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने दुर्गा पौडेलले जानकारी दिइन् ।

सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाको आह्वानमा आज ४ बजे सर्वदलीय बैठक बस्दैछ। 

संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक अपरान्ह ४ बजेलाई आह्वान गरिएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस