टिभिएस रेडर सप्तरङग -३ अन्तर्गत नेपालगञ्ज कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, १२ : ४०
टिभिएस रेडर सप्तरङग -३ अन्तर्गत नेपालगञ्ज कार्यक्रम सम्पन्न

 

काठमाडौं ।  टिभिएस रेडर सप्तरङग ३ अन्तर्गत नेपालगञ्ज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। पुस १ गते बिहिबार सम्पन्न सो कार्यक्रम अन्तर्गत टिभिएस शोरुम (ग्रेस एण्ड ग्लोवल) नेपालगञ्जका प्रमूख विशाल श्रेष्ठले ‘टीभीएस रेडर’ को अनावरण गरेका थिए। 

सप्तरङग अन्तर्गत त्यस अवसरमा सप्तरंग ३ का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङग, अनिल सिंह, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निशा उप्रेती र विवेक खतिवडा लगायतले आफ्नो प्रस्तुति राखेका थिए।

‘टीभीएस रेडर’ शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले सार्वजनिक गरेको युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल हो। ‘युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ।

प्रतिक्रिया दिनुहोस