८ मध्ये ६ सहमहामन्त्रीमा देउवा पक्षको जित

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १९ : ४३
८ मध्ये ६ सहमहामन्त्रीमा देउवा पक्षको जित

काठमाडौं । काठमाडौं नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा पक्षले ८ मध्ये ६ समूहमा जित हात पारेको छ । 

शुक्रबार सकिएको सहमहामन्त्रीको मतगणना अनुसार  ८ मध्ये महालक्ष्मी उपाध्याय ९डिना०, भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् । पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन् ।  उनीहरु दुई जना भने सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् ।

प्रतिक्रिया दिनुहोस