देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, २२ : ०६
देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

काठमाडौं । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।

आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए । 

२१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् ।

शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका  लामाबीच एक सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस