धनगढी । नेकपा माओवादी केन्द्रले चार दिन लगाएर प्रदेश कमिटी घोषणा गरेको छ । केन्द्रले प्रदेशमा दुई सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । सो कमिटिको पहिलो बैठकले प्रदेश पदाधिकारी घोषणा गर्नेछ ।
कमिटी निर्माण गर्दा प्रदेशका प्रत्येक वडाबाट १-१ जना महिला, दलित, पिछडिएको वर्गलाई समेटिएकाे माओवादी केन्द्र सुदूरपशिचम प्रदेश इन्चार्ज खगराज भट्टले बताए । हाललाई दुई सय १९ सदस्यीय कमिटी निर्माण गरिएकोमा कमिटीको पहिलो वैठकबाट चार जना मनोनयन गर्दै दुई सय २३ सदस्यीय कमिटी निर्माण गरिने इन्चार्ज भट्टले बताए ।
कमिटीको पहिलो बैठकबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि धेरै जना आकांक्षी हुँदा माओवादी केन्द्रलाई अध्यक्ष चयनमा भने सकस देखिएको छ । केन्द्रले कैलालीका हरि चौधरीको नाममा सहमति गर्ने आन्तरिक योजना बनाएको भएपछि अन्य आकांक्षीले उनलाई न स्वीकार्दा समस्या भएको बुझिएको छ ।
प्रदेश अध्यक्षका लागि निवर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज वीरमान चौधरी, नेपबहादुर चौधरी, बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य हरि चौधरी, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना
बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
माओवादीले सुदूरपश्चिममा ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम गर्ने
एकीकृत समाजवादीका नेता कन्दङ्वासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
माओवादी केन्द्रद्वारा उपचार सहायता दिनुपर्ने माग: कोशी प्रदेश