माल्टामा सात ग्राम गाँजा बोक्न र घरमा चार बोट लगाउन पाइने नयाँ कानुन पारित

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, ११ : २६
माल्टामा सात ग्राम गाँजा बोक्न र घरमा चार बोट लगाउन पाइने नयाँ कानुन पारित

एजेन्सी । माल्टा व्यक्तिगत प्रयोगका लागि गाँजा लगाउन र बोक्न पाइने पहिलो युरोपेली मुलुक बनेको छ। माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको छ।

नयाँ कानुनमा व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइने र घरमा चार वटा बोट लगाउन पाइने व्यवस्था रहेको बिबिसीले उल्लेख गरेको छ।

संसदमा नयाँ कानुनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो। नयाँ कानुनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ।

माल्टाका समानता मन्त्री ओएन बोनिसीले यो ऐतिहासिक कानुनले थोरै मात्रामा गाँजा बोक्नेहरूलाई कानुनी झमेला नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस