काठमाडौँ । नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार नेपाल प्रहरी र अमेरिकाको न्याय विभाग अन्तर्गतको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान तालिम सहायता कार्यक्रम (आइसिटाप) बीच संयुक्त डिएनए अनुक्रमण प्रणाली (कोडिस) सफ्टवेयरको कार्यान्वयन सम्बन्धमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
उक्त एमओयूले नेपाल प्रहरीलाई फरेन्सिक अनुसन्धानमा थप दक्षता प्रदान गर्ने विश्वास गरिएको छ भने कोडिस सफ्टवेयरको प्रयोगले डिएनए प्रमाणको सटीक विश्लेषणमा सुधार आउने र अपराध अनुसन्धान प्रक्रियामा ठूलो फड्को मार्न मद्दत पुर्याउने विश्वास लिइएको प्रहरीले जनाएको छ । यसले अपराधी पहिचान गर्ने र कानुनी प्रक्रियालाई थप प्रभावकारी बनाउने अवसर सिर्जना गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?
नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस
प्रहरी महानिरीक्षक कुँवरद्वारा केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन
एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित