काठमाडौँ । संयुक्त राष्ट्र संघका एजेन्सी र स्थानीय स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन ठूलो अभियान सुरु गर्न लागेका छन् ।
संयुक्त राष्ट्र संघ र स्थानीय स्वास्थ्य अधिकारीहरुको यो अभियान आइतबारदेखि सुरु हुँदैछ । यद्यपि, यो अपरेशन इजरायल र हमासबीचको स्थानीय युद्धविराममा पनि निर्भर रहने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यस अभियानको सफलताका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका १० वर्ष मुनिका कम्तीमा ९० प्रतिशत बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने बताएको छ ।
गाजामा एक बालकमा पोलियोको संक्रमण देखिएपछि पोलियो खोप अभियानमा यो कदम चालिएको हो । गाजामा २५ वर्षमा देखिएको यो पहिलो पोलियो केस हो । यो घटना बाहिर आएपछि संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाका धेरै बालबालिका पोलियोबाट संक्रमित हुनसक्ने र छिट्टै कदम नचालेमा यो भयावह रूपमा फैलिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ भदौ २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु