पर्सा । विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट सशस्त्र प्रहरीले आइतबार १ सय ४५ केजी गाँजा बरामद गरेको छ । सोही गाउँपालिका –४ मधवलबाट ईटियाहीतर्फ जाँदै गरेको बा.१५ च. ७९५६ नम्बरको कारमा सवार व्यक्तिहरूले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार छाडी फरार भएका थिए ।
बीओपी अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध १५ पोका गाँजा फेला पारेको हो । बरामद गाँजा तथा कार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु