एनपीएल अक्सन

ललित राजवंशी १५ लाखमा बिके

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १५ : ५२
ललित राजवंशी १५ लाखमा बिके

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन् । ८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो ।

ए क्याटेगोरीमा रहेका राजवंशीको बेस प्राइस १० लाख थियो । तर, उनलाई सबै ८ वटै टीमले १५ लाख रुपैयाँ हाल्न तयार भए पनि गोलाप्रथाबाट निर्णय गरिएको थियो । गोलाप्रथामा जाँदा काठमाडौंले भने हात झिकेको थियो ।

प्रतिक्रिया दिनुहोस