देउवाको जितले कांग्रेस अझै सुदृढ बन्छ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, ०८ : ०२
देउवाको जितले कांग्रेस अझै सुदृढ बन्छ : गृहमन्त्री खाँण

काठमाडौं । दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकालमा लोकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुनस् निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएको टिप्पणी गरे ।

‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएको छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढछ । उहाँको नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।

कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरुमा केही व्यवस्थापकीय कमीकमजोरी रहेको स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजोरी सुधार गर्दै लगिन बताए ।

प्रतिक्रिया दिनुहोस