एनसिसी बैंकले मनायो २५ औं वार्षिकोत्सव

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, २० : २२
एनसिसी बैंकले मनायो २५ औं वार्षिकोत्सव

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापनाको २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ। 

यसअघि बैंकले देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम राखेको थियो। कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ। सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली बैंक स्थापना भएको हो। 

२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए। उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न  बैंकको प्राथमिक दायित्व भएको बताए। कर्मचारीलाई सम्बोधन गर्दै सीईओ अर्यालले इमान्दारिताताका साथ काम गर्नको लागि आग्रह गरे। आफू पनि तल्लो पदबाट सीईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए। साथै कम्पनीका सञ्चालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ। जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन्। देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम वुथबाट सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस