भक्तपुर र सुनसरीमा एकसाथ अख्तियारको छापा, कागजात नियन्त्रणमा

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १४ : ५३
भक्तपुर र सुनसरीमा एकसाथ अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो अनियमितताको आशंका भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीका भोक्राहा नरसिंह गाउँपालिकामा एकसाथ छापामा मारेको छ । 

अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यका खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो । 

उक्त दुई पालिकामा ठूलो अनियमितता भएको आशंका छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस