काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान राति अबेर सकिएको छ। विभिन्न २९ प्रकारका मतपत्र छपाइमा ढिला हुँदा पौने चार घण्टा ढिला गरी सोमबार बिहान ११ः४५ बजे मात्र मतदान सुरु भएको थियो।
पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व छनोट गर्न भएको निर्वाचनमा पहिलो मत दिए। नेतृत्व चयनका लागि सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यका लागि ४ सय ९० जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएकाले सोमबार १ सय ३२ पदका लागि निर्वाचन भएको छ।
मतपत्र छाप्न ढिला हुँदा पटकपटक मतदान रोकिँदा रातिसम्म कांग्रेस महाधिवेशन प्रतिनिधि मतदान गर्न लाइनमा बस्नुपरेको थियो। मतदान राति ११ बजे सकिएको छ। सभापतिको मतगणना राति दुई बजे सुरु भएको छ। मंगलबार बिहान सात बजेसम्ममा मतगणना सकिने अनुमान गरिएको छ।
चार वर्षका लागि नेतृत्व छान्न भएको निर्वाचनमा सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। सभापतिका पाँच उम्मेदवारमध्ये प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति देउवा बलियो देखिएका छन्।
तर कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन,दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको छ। कुल ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ४ हजार ६७९ मत खसेको छ। सभापतिमा निर्वाचित हुन यसको ५० प्रतिशत कटाउनु पर्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको लक्ष्य
कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त
काँग्रेसका मन्त्रीहरूले भने-ओली नेतृत्वको सरकारमा काम गर्न कहीँ न कहीँ समस्या छ
अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : कांग्रेस
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सरकारमा सहभागी कांग्रेसका मन्त्रीसहितको संसदीय दलको बैठक बस्दै