म्यानमार । २८ मार्चमा आएको विनाशकारी भूकम्पबाट ठुलो धनजनको क्षति भएको म्यानमारमा साताव्यापी ‘राष्ट्रिय शोक’ घोषणा गरिएको छ । भूकम्पका कारण म्यानमारमा एक हजार ७०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
एएफपी समाचार एजेन्सीका अनुसार म्यानमारमा आजदेखि ६ अप्रिलसम्म राष्ट्रिय शोक मनाइने छ । यस क्रममा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार म्यानमारको अस्पताल घाइतेहरूले भरिएका छन् । कैयौँ अस्पतालसमेत भूकम्पबाट क्षतिग्रस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ चैत्र २०८१, १५ : ५९
लेखकबाट थप