जनकपुरधाम । कोरोना भाइरसविरूद्धको भ्याक्सिन बिक्री गर्ने दुईजनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्णकुमार यादव छन्।
अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनको ३ भायल भ्याक्सिन २१ हजार रूपैयामा बेचेलगत्तै उनीहरू दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई वडाध्यक्ष जानकीराम साहको उपस्थितिमा अख्तियारका अधिकारीले मुचुल्का तयार पारेका छन् । थप अनुसन्धान र कारवाहीका लागि उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १८ : ४८
लेखकबाट थप