चन्द्र टण्डनको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघको नयाँ कार्यसमिति

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १२ : ३६
चन्द्र टण्डनको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हाे। 

नयाँ कार्यसमितिमा टण्डन अध्यक्ष छन् भने नेपाल रेमिट इन्टरनेशनल प्रालिका रितेश मित्तल उपाध्यक्ष, सूर्या रेमिटका सञ्जय सिग्देल महासचिव चयन भएका छन्।  आईपे रेमिटका इन्द्रप्रसाद शर्मा कोषाध्यक्ष र सचिवमा इजिलिङ्क रेमिट्यान्सका दीपेन्द्र खनाल छानिएका छन्। 

यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनि ट्रान्सफर), दिवाकर पौडेल (जीएमई रेमिट) र सञ्जिव पाठक (एटीटी रेमिट प्रालि) चुनिएका छन्। संघको विधान अनुसार अध्यक्षले मनोनित गर्ने दुई सदस्यमा हिमालयन ब्यांक लिमिटेडकी युमा श्रेष्ठ र प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटा मनोनयन भएका छन्।  
 

प्रतिक्रिया दिनुहोस