काठमाडौं । सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् ।
आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाएका हुन् ।
‘चौधौं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगेँ । तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु ।’ पौडलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने छन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन । रास्ट्रिय राजनीतिमा मेरो भूमिका रही रहनेछ।’
पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन्ः-
१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।
२. पार्टी सत्ताको भर्याङमा सीमित भयो ।
३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।
४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।
५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वीट्जरल्यान्ड उड्नु अघि राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपतिलाई
राष्ट्रपति पौडेलले एक महिनाको तलब उद्धार कोषमा प्रदान गर्ने
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ : राष्ट्रपति पौडेल
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा भक्तपुरको दरबार क्षेत्र अवलोकन