देउवा र पौडेलको महाधिवेशनमा यस्तो जुहारी

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १८ : ५०
देउवा र पौडेलको महाधिवेशनमा यस्तो जुहारी

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशन उद्घाटन कार्यक्रममा व्यङ्ग्य गरेका छन्। भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुरुमै उनले रात परेको र चिसो पनि बढेका बताए । त्यसपछि उनले चिसोकै प्रसंग जोडेर पौडेललाई लामो बोलेको भन्दै व्यङ्ग्य गरे ।

‘साँझ धेरै ढल्किसक्यो । चिसो पनि बढेको छ । रामचन्द्रजीले चिसोकै कारणले बोल्न पनि सक्नुभएन । विचरालाई के गर्ने !’ चिसोका कारण आफूले धेरै समय नलिने पनि बताए । देउवाले बोल्न थाल्दा कार्यकर्ताले जिन्दावादको नारा समेत लगाएका थिए । धेरै हुटिङ भएपछि देउवाले माफ गर्नुहोला भन्दै हुटिङ बन्द गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस