काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताएकी छन् । वोष्टर मिडियाको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले कानुन बनाएर मिडियालाई संकुचन गर्नुभन्दा पनि मिडिया स्वतः नियमन हुनुपर्ने बताएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँझीले भनिन् , 'मिडिया आफैँ नियमन हुनुपर्छ,तर अनधिकृत रूपमा कसैको चरित्रहत्या गर्नेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ । '
मन्त्री झाँझीले पछिल्लो समय मिडियाको क्षेत्रमा देखिएको विकृतिलाई लक्षित गर्दै कसैका विरुद्ध प्रायोजित समाचार नबनाउन पनि आग्रहसमेत गरिन् । साथै समाचार विचार मिश्रित नभएर तथ्य मिश्रित हुनुपर्नेमा पनि मन्त्री झाँझीले जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १८ : ०८
लेखकबाट थप