एजेन्सी । म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार हुने गरेको विवरण सार्वजनिक भएका छन् । गत जनवरीमा सेनाको कुपछि प्रदर्शनमा उत्रिएको आरोपमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको हो ।
सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । सेनाको कूपछि कारागारमा रहेका महिलाहरुलाई बलात्कार गरेको मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स ९एएपीपी० ले जनाएको छ ।
सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन् । आफूमाथि कारागारभित्र सेनाले जवरजस्ती यौन दुर्व्यवहार गरेको सोइ मे नाम गरेकी एक वन्दीले गुनासो गरेकी छिन् । ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर बलत्कार गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ । सुरक्षाकर्मीले जेलभित्र आउने सबैको बलत्कारपछि हत्या गरेको भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चेतावनी दिएको बताइएको छ ।
बन्दी महिलालाई गुप्तांगलगायत संवेदनशिल स्थानमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन् । सुरक्षाकर्मीले बन्दी महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उनले बताएकी छिन् ।
सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहेकी एक अधिकारबादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका कपडा च्यातिएका र भित्रीवस्त्र देखिएको बताएकी छिन् । सेनाले बलात्कारपछि महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ मंसिर २०७८, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश