काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी जोगाउने अन्तिम लडाईमा छन् । खासगरि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस इतिहाँसमै सवैभन्दा कमजोर भएकोमा चिन्ता गर्दै त्यसबाट जोगाउनुपर्ने आवाज उठ्दै आएको थियो । देउवाले फेरि कांग्रेसको नेतृत्व गरे कांग्रेस विचार विहिन पार्टीका रुपमा कुलिन, सम्भ्रान्त, ठेकेदार, व्यापारी तथा दक्षिणपन्थी नवप्रवेशीहरुको कब्जामा जाने चिन्ता प्रकट हुँदै आएको छ । त्यही भएर यो महाधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य ठानिएको छ ।
यसका लागि पौडेल समूहबाट जसरी पनि एउटा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने देशभरका नेता कार्यकर्ताबाट आवाज उठ्दै आएको छ । यसै कारण पौडेल समूहबाट आकांक्षी देखिएका वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले सहमतिमा एक जना मात्र उम्मेवदार बन्ने बताउदै आएका थिए । तर महाधिवेशनको मुखैमा आएर पौडेल समुहबाटै आकांक्षी रहेका सिंह र शेखर दुवैले सभापतिको उम्मेदवार नबनि नछोड्ने हठ कायम राखेका कारण कांग्रेस फेरि देउवा कै नेतृत्वमा जाने संभावना बढेपछि त्यसलाई रोक्न पौडेलले सवै विकल्प खुला राखेका छन् ।
उनले देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गरेर जोगाउन आफुले त्याग गर्ने र यसका लागि डा शशांक कोइराला, शेखर र प्रकाशमानबीच सहमति कायम गरि एउटै उमेदवार तोक्न पर्ने प्रस्ताव गरे । शशांकले पनि देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गर्न आफु त्याग गर्न तयार रहेको र वरिष्ठ नेता पौडेलका नाममा सहमति गर्न सिंह र शेखरलाई आग्रह गरे । शशांकको यस्तो आग्रहपछि पनि सिंह र शेखरले नमानेपछि पौडेलले उनीहरुबीच नै एकता गरेर भएपनि देउवालाई रोक्न प्रस्ताव गरे ।
पौडेल सवैभन्दा वरिष्ठ भएर पनि सहमतिका लागि आफु सभापतिको उम्मेदवार नबन्ने प्रस्ताव गर्दा समेत सिंह र शेखर दुवैले उम्मेदवार बन्ने जिद्दी नछाडेपछि फेरि कांग्रेस देउवा कै पोल्टामा जाने विषयले पौडेललाई निकै दुःखी तुल्यायो । त्यही भएर उनले भावुक हुँदै आफ्नो समुहमा सहमतिको साझा उमेदवार नतोक्ने हो भने, आफुले राजनीतिबाटै विश्राम लिने घोषणा गरे ।
जीवनपर्यन्त प्रजातन्त्र र कांग्रेस पार्टी निर्माणमा क्रियाशील पौडेलका लागि पार्टी वा राजनीतिबाट अलग हुने कुरा कुनैपनि दृष्टिकोणले कम्ति कठोर छैन् । भावना मै सहि यो उनको अडानले पौडेल समुहमा साझा उम्मेदवार तोक्नका लागि दबाब सृजना गर्ने अन्तिम लडाई हुन सक्छ । यो लडाई उनले जितेर देउवा नेतृत्वबाट कांग्रेसलाई मुक्त गराउन सफल हुन्छन् वा जीवनको उत्तरार्धमा पार्टी छोड्नुपर्ने सर्वोच्च नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराई कै नियती भोग्न उनी विवश हुनेछन्, त्यो हेर्न बाँकी छ । तर, कांग्रेस जोगाउन, लोकतन्त्रको संरक्षण गर्न, मुलुकको हितका निम्ति पौडेलले यो लडाई जित्नुपर्छ भन्ने नागरिक अगुवाहरुको भनाई छ । उनीहरुको विचारमा कथंकदाचित यो लडाई तत्काल हारेपनि पौडेलले राजनीतिबाट विश्राम लिनुहुँदैन । कांग्रेस, लोकतन्त्र र मुलुकका लागि पौडेलको क्रियाशीलता अझै आवश्यक रहेको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल
शीतल निवासमा मेलम्चीको पानी आपूर्ति नियमित नभएको विषयमा राष्ट्रपति पौडेलको चासो