काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन् ।
शुक्रबारबाट १४औँ महाधिवेशन सुरु हुने भएपछि बिहीबार बस्न लागेको मौजुदा केन्द्रीय समितिको अन्तिम बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका निधिले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
शेरबहादुर देउवाको सभापतिमा दाबेदारी सार्वजनिक भइसकेको छ भने रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट साझा सभापतिको उम्मेदवार बनाउने प्रयास जारी छ । तर, आफूलाई दुवै पक्षबाट मत आउने निधिले दाबी गरे । बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा महाधिवेशनका विषयमा छलफल हुने आफूले जानकारी पाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?