काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिटको परिभाषा बदलिएको हो भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्दै उनले लामिछानेलाई दोषी ठहर गरिएको दाबी गरे ।
छानबिन समितिको प्रतिवेदनअनुसार नै सरकारले कारबाही प्रक्रिया अघि बढाउने नेता निधिले बताए । उनले भने, ‘रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लीन चिट दिएको भनेर भ्रम फिजाउन खोजेका छन् । के क्लीन चिटको परिभाषा बदलिएको हो ?’
सहकारीको रकम अनियमितता गर्दै चेक काट्नेलाई हत्कडी लगाउनुपर्ने उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि