जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ परियोजना बीआरआईमा हस्ताक्षर गर्न नहुने बताएका छन् । बीआरआई सही हो कि होइन भनेर प्रतिनिधि सभामा छलफल हुनुपर्ने पनि उनले बताए ।
जनकपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले भने, ‘प्रधानमन्त्रीज्यूले अहिलेयित्तिकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्नुहुन्न।’ यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई भनिसकेको उनको भनाइ छ । उनले भने, ‘अमेरिकी परियोजना एमसीसीमा पनि बृहत् छलफल भएको थियो । बीआरआईमा पनि छलफल आवश्यक छ ।’ बीआरआईमार्फत ऋण नभई अनुदान मात्र लिनुपर्ने कांग्रेसको स्पष्ट अडान रहेको उनले बताए ।
बीआरआईलाई लिएर अहिलेको सरकारलाई कुनै असर नपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?