एजेन्सी । म्यानमारमा प्रदर्शनकारीको भीडमा सेनाले ट्रक चलाउँदा कम्तीमा पाँचजनाको ज्यान गएको छ । म्यानमारको व्यवसायिक राजधानी याङ्गुनमा आइतबार भएको प्रदर्शनमा सेनाले बल प्रयोग गरेको हो।
प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ट्रकबाट जोगिनका लागि भाग्दै गरेका प्रदर्शनकारीहरुमाथि गोली प्रहार गरेका थिए। उनीहरुलाई पक्राउ गरेर सैनिकले कुटपिट गरेको थियो । गएको फेब्रुअरीमा म्यानमार सैनिकले कू गरेर सत्ता हातमा लिएको थियो, त्यसयता निरन्तर प्रदर्शन हुँदै आएको छ।
अहिलेसम्म १२ सयजना भन्दा धेरै मारिएका छन्। हजारौँ मानिसलाई बन्धक बनाइएको मानव अधिकारवादी संस्थाहरुले बताएका छन्। सेनाले आइतबारको प्रदर्शनको क्रममा ११ जनालाई पक्राउ गरिएको र तीनजना घाइते भएको दाबी गरेको छ। एकजनाको अवस्था गम्भीर रहेको सेनाको भनाइ छ । तर सेनाले ट्रक प्रदर्शनकारीमाथि चलाए–नचलाएको केही बताएको छैन।
प्रदर्शनकारीलाई तितरबितर पारिएको दाबीमात्रै गरिएको छ । सञ्चारमाध्यमहरुले भने कम्तीमा पाँचजना मारिएको र अरु धेरै घाइते भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २० मंसिर २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश