धनगढी । कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ ।
निशान्त मागीका श्रीमान बहादुर रोकायाका कान्छी श्रीमती निर्मलाका छोरा हुन् । बालकको मृत्युपछि आफ्ना १४ वर्षकी छोरी र ८ वर्षका छोरालाई लिएर भारततर्फ जाँदै गरेकी उनलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दूधमा मुुसा मार्ने औषधी मिसाएर खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
प्रहरीका अनुसार मागीका श्रीमान बहादुर रोकाया कान्छी श्रीमती निर्मलासँगै भारतमा बस्दै आएका थिए । मागी भने आफ्ना दुई छोराछोरी र निर्मलाको छोरासँगै धनगढीमा बस्दे आएकी थिइन् ।
घटनाको भएको दिन कात्तिक २९ गते श्रीमानसँग वादविवाद र झगडा भएको खुुलेकाले रिसको झोँकमा बालकको हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । विवादपछि मागी सम्पर्कमा नआएपछि भारतमा रहेका बहादुर रोकायाले आफन्तलाई बुुझिदिन आग्रह गरेका थिए । आफन्त उनको कोठामा पुग्दा बालक मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।अहिले मागी रोकायाविरुद्ध कर्तव्य ज्यान मुुद्दा दर्ता गरेर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ