भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो ।
बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ ।
बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ मंसिर २०७८, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण
घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?
घट्यो पेट्रोल र डिजेलको मूल्य