दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १२ : ३७
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा २ खर्ब ३६ अर्ब ७२  करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

दोस्रोमा १ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै तेस्रोमा पाम तथा प्रशोधित तेल आयात भएको देखिन्छ । यो अवधिमा पाम तथा प्रशोधित तेल १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तैगरी ८८ अर्ब ४७ करोड रुपैयाँको बोइलिङ मेशिन, ८६ अर्ब १० करोड रुपैयाँ बराबरको इलेक्ट्रिकल मेशिन तथा उपकरण ७० अर्ब ४२  करोड  रुपैयाँ बरबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ ।

यस्तै ४८ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्लाष्टिकजन्य वस्तु १३ अर्ब १६ करोड रुपैयाँ बराबरको रब्बरको सामग्री, ४७ अर्ब ८५ करोड बराबरको मोती, औषधजन्य वस्तु ३२ अर्ब ४ करोड रुपैयाँको, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै सो अवधिमा ३१ अर्ब ५२ करोड बराबरको तरकारी १८ अर्ब २० करोड बराबरको फलफूल आयात  भएको छ । यस्तै २१ अर्ब ७० करोड बराबरको तेल जन्य वियाँ आयात भएको छ  ।

प्रतिक्रिया दिनुहोस