कर्णाली प्रदेशसभाको बैठक भोलीसम्मका लागि स्थगित

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १४ : ५०
कर्णाली प्रदेशसभाको बैठक भोलीसम्मका लागि स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका आजको बोलाइएको थियो ।

बैठकमा मुख्यमन्त्री जीवन बहादुर शाहीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्। बैठक सुरू लगतै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए ।

त्यस लगतै सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए। मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेलगतै बैठक स्थगित गरिएको हो । बैठक भोली दिउसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस