शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित

सफल खबर संवाददाता

शुक्रबार, २६ पुस २०८१, १३ : १६
शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित

नवलपरासी । शीतलहरका कारण चिसो बढेपछि नवलपरासी लगायत तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो । घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।

चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् व्यापार समेत सुस्ताएको छ । चिसो अत्याधिक बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् । चिसोले विद्यार्थी विद्यालय जाने संख्या समेत कम भइरहेको स्थानीयको गुनासो छ । कतिपय विद्यालयहरुमा हिउँदे विदा दिइएको छ । 

प्रतिक्रिया दिनुहोस