कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ निर्वाचित

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, ०९ : १४
कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।  पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे ।  यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भएका छन् । 

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।