चितवन । एमालेको बन्द सत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र १ बज्दा सम्म सुरु हुन नसकेको हो । एमालेमा सहमतीको प्रयास भैरहेको र सहमती नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो ।
एमालेमा मुलत भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी छ । उनले उम्मेदवारी फिर्ता लिनु पर्ने अग्नि खरेलले आग्रह गरे । अन्य पदमा पनि आकाँक्षी धेरै हुँदा सहमती बनाउन सकस परेको छ । बन्द सत्र होटल ८ स्टारमा हुने छ । ओली बसेको सफारी पार्कमा सहमती जुटाउन प्रयास जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १२ : ५१
लेखकबाट थप