काठमाडौँ । भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।
पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरू गफिरहेका थिए, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ बैशाख २०७५, ०८ : ५७
लेखकबाट थप