काठमाडौँ । वाम एकतामा परिरहेको अल्झन खुलाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारबाट पुन: छलफल थालेका छन् ।
कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकता घोषणा गर्ने तयारी सफल नभएपछि दुई नेता छलफलमा जुटेका हुन् । दुई नेताबीच झन्डै साढे दुई घण्टा एक्लाएक्लै बालुवाटारमा कुराकानी भएको थियो ।
स्रोतका अनुसार एकीकरणलाई अल्झाइरहेका धेरै विषय मिल्ने दिशातर्फ उन्मुख भएको छ । दुई दलबीच एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन पक्षका कति जना रहने र महाधिवेशनपछि पनि कसको भूमिका के हुने भन्ने विवाद छ । यही विवादको छिनोफानो नहुँदा वैशाख ९ मा एकता हुन सकेको थिएन । पार्टी एकतासम्बन्धी कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । त्यसमा एमालेले विगतमा गरेको बाँडफाँटकै आधारमा केन्द्रीय समितिको हिस्सेदारी पनि टुंग्याउनुपर्ने धारणा राख्दै आएको छ, कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ बैशाख २०७५, ०८ : ५३
लेखकबाट थप