बसको ठक्करबाट रुपन्देही जिल्ला इञ्चार्ज बन्जाडेको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, ०८ : ४६
बसको ठक्करबाट रुपन्देही जिल्ला इञ्चार्ज बन्जाडेको मृत्यु

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।

रुपन्देहीको जितगढीमा गएराति बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ना५ख ९०६ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस