चैनपुर । बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो ।
यसपालि मर्नेमा उनी पहिलो हुन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ११ मा यो समाचार छापिएको छ । आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् ।
समाचारमा लेखिएको छ, घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल छ । यार्सा टिप्ने सिजनमा बर्सेनि २/४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसक्यो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ बैशाख २०७५, ०७ : ३९
लेखकबाट थप