म्यानमार । म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ । सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ ।
फेब्रुबरीमा सेनाको कुपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छोडेकी छिन् । तर, सेनाका प्रवत्ताले नजरबन्दमा रहेकी सुकीमाथि सरकारले राम्रो व्यवहार गरेको दाबी गरेका छन् । ‘घरमै नजरबन्दमा रहे पनि उनलाई आफ्ना मानिसहरूसँग भेटघाट गर्न दिएका छौं,’ प्रवत्ता जनरल जाउ मिन तुले भने ।
सुकीलाई सेनाले बोल्न नदिएको उनका वकिलले आरोप लगाउँदै आएका छन् । सुकीलाई भेट्न राष्ट्रसंघका अधिकारीले मागेको अनुमति सेनाले अस्वीकार गरेको छ । म्यानमारमा भइरहेको मानवताविरुद्ध अपराध छानबिन गर्न सरकारले सेनाका अधिकारीहरुलाई पहुँच नदिएको राष्ट्रसंघले गुनासो गर्दै आएको छ ।तर, सरकारले राष्ट्रसंघको माग आफूहरुलाई अस्वीकार्य भएको बताउँदै आएको छ । ‘कथित मानवताविरुद्धको अपराध अनुसन्धान गर्ने यो उपर्युक्त समय होइन । उनीहरूका मागसँग हामी सहमत छैनौं । म्यानमारबारे उनीहरूले दिएको सुझाव रचनात्मक छैन्,’ प्रवत्ता तुले भने । राष्ट्रसंघले म्यानमारको सैन्य सरकारलाई मान्यता दिनुपर्ने उनको माग छ ।
गत वर्ष सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको सेनाको दाबी छ । निर्वाचनमा सुकीको पार्टीले एतिहासिक विजय प्राप्त गरेको थियो । निर्वाचन निस्पक्ष र धाँधलीरहित भएको निर्वाचन पर्यवेक्षकहरुले बताउँदै आएका छन् । सुकीमाथिको आरोप राजनीतिक दुरासयबाट प्रेरित रहेको उनीहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ मंसिर २०७८, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु