कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको सपथ

रासस

मंगलबार, ३० कार्तिक २०७८, १८ : ०७
कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको सपथ

काठमाडौँ । कर्णालीमा एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका  हुन्  ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुनमन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै  ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।