काठमाडौं । साताको पाँचौँ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहिबार एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । जुन बुधबारको भन्दा २० रुपैयाँले बढी हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ कार्तिक २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?