एमाले सुदूरपश्चिम प्रदेश कमिटी बैठक अपानि १२ को विपरीत छ : भीम रावल

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १० : ५९
एमाले सुदूरपश्चिम प्रदेश कमिटी बैठक अपानि १२ को विपरीत छ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन् । 

उपाध्यक्ष रावलले मंगलबार सामाजिक सञ्जालमार्फत आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना भएको र त्यस बैठकका निर्णयहरू अवैध र अमान्य हुने बताएका हुन् । उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले अपानि १२ लागू नभएकाे हो कि भन्दै आक्रोशसमेत पोखेका छन्।

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि?’ रावलले ट्वीटरमा भनेका छन्।