काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४९ पैसा र बिक्री दर १२० रुपैयाँ ०९ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९० रुपैयाँ १३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०४ पैसा रहेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ २१ पैसा र बिक्री दर १३८ रुपैयाँ ९० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १२ पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९८ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८६ पैसा र बिक्री दर ३२ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९३ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, ११ : ००
लेखकबाट थप