काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन्।
कीर्तिपुरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन्।
उनले माओवादी शिथिल हुँदा, कार्य व्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागिपरेको उनको भनाइ छ। उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताए।
प्रचण्डले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए।
‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता–कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नुपर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनुपर्छ, धर्मनिरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाति, मधेसी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो’, उनले भने, ‘ओली प्रवृत्ति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिष्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीको विरुद्ध लड्न बाध्य भइयो हामी, उनले सधैँ भन्थे मलाई यो संघीय लोकतन्त्र पनि मनपर्दैन, गणतन्त्र पनि मनपरेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मनपरेको छैन, अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु।’
अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताए। माओवादीलाई पुनः नेतृत्व दिलाउन नेता–कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने उनको भनाइ छ। उनले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताए।
‘हामीले राम्रा राम्रा काम ग¥यौं, सामान बनायौँ तर बिक्री गर्न जानिराखेका छैनौँ हामीले, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको रहेनछ’, उनले भने, ‘यी सबै जनताको बीचमा स्थापित गर्न जरुरी छ, आत्मालोचनासहित जनताको घरमा जाने काम ग¥यौं भने केही महिनाभित्र उभार आउनसक्ने सम्भावना छ।’
अध्यक्ष दाहालले नयाँ जनयुद्धका लागि हतियार बोकेर नभई जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रारा ताल अवलोकन गर्न पुगे प्रचण्ड, जुम्लाको सभालाई पनि सम्बोधन गर्ने
माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड
बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट
भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड