काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनले बताए ।
वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उनले उल्लेख गरे । शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनले बताए ।
यसलाई वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे । उनले भने– 'गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक छैन । गणतन्त्र खतरामा परेको भाष्य नै ठिक छैन । जनमत गणतन्त्रकै पक्षमा रहेकोले अत्तिहाल्नुपर्ने अवस्था छैन ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि
जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट स्थापित मान्यतालाई केही शक्तिले उल्ट्याउने कोसिस गरे : प्रचण्ड
रारा ताल अवलोकन गर्न पुगे प्रचण्ड, जुम्लाको सभालाई पनि सम्बोधन गर्ने
माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड
बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट