काठमाडौं । नेकपा एमाले बागलुङको बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ । अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यिय गाउँकमिटिको गठन गरेको छ।
जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलजला) र महेन्द्र केसि (भिमगिठे) सहित सदस्यहरु रहनुभएको छ। राति अवेर सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो। अधिवेशनले निवर्तमान सचिव दिनेश शर्माले प्रस्तुत गरेको राजनैतिक तथा साँगठनीक प्रतिवेदन समेत सुझाव सहित पास गरेको छ।
त्यस्तै अधिवेशनले नेकपा एमाले बडिगाडको इतिहास लेखन गर्नको लागि निवर्तमान अध्यक्ष गुणानिधि घिमिरेको संयोजकत्वमा १० वटै वडा कमिटिका अध्यक्षहरु रहेको कमिटि समेत गठन गर्ने निर्णय गरेको छ। बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य सुनिल शेरचनको अध्यक्षता तथा जिल्ला कमिटि सचिव विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० कार्तिक २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ कर्मचारी हटाउने निर्णयमा एमालेले जनायो असहमति
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल
अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह
जग्गा दानविरुद्ध परेको रिट 'हेर्न नमिल्ने' मा